बिर्तामोड। पञ्चरत्न माध्यमिक विद्यालय बिर्तामोड २ चैतुबारी झापाको ५८ औँ वार्षिकोत्सव सम्पन्न भएको छ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्म लक्सम्बाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक शुभाकर खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मण दाहालले विद्यालयको गतिविधिसहित भावी कार्यक्रमसहितको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर उप प्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड नगर शिक्षा प्रमुख तिलचन भण्डारी, मोहनमाया माध्यमिक विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा विद्यालयका पूर्व
प्रधानाध्यापकहरू ज्ञानुनाथ मैनाली, योगेन्द्रमणी दाहाल, पूर्व सहायक प्रधानाध्यापक डम्बर देउजा , पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष भवानीप्रसाद ओली, नगेन्द्रप्रसाद संग्रौला, दीर्घसेवी शिक्षक बासु त्रिताल, बर्ष उत्कृष्ट शिक्षक चन्द्रकला घिमिरे, सेवानिवृत्त शिक्षक यामनाथ प्रसाई उत्कृष्ट अभिभावक विजय गोश्वामी, रामानन्द गणेश पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष जङ्गबहादुर श्रेष्ठ , अनुसासित विद्यार्थी सम्झना तामाङ लाई सम्मान गरिएको थियो।
कार्यक्रममा बिभिन्न अक्षयकोषबाट कक्षा ३ देखि कक्षा ९ सम्मका ११ जना विधार्थीहरुलाई नगदसहित छात्रवृत्तिसमेत प्रदान गरिएको थियो।
कार्यक्रममा विद्यालयलाई भौतिक सहयोग गर्ने दाताहरूलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा खेलकुदतर्फ भलिबल र रिलेमा प्रथमलाई मेडल प्रमाण पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातीय नृत्य, गीत प्रस्तुत गरेका थिए भने शिक्षकहरूले सामूहिक नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रमको सञ्चालन शिक्षक होमनाथ भट्टराईले गरेको शिक्षक दलबहादुर खड्काले जानकारी दिए।




















