बिर्तामोड। झापाको बिर्तामोड –४, पुरानो भद्रपुररोडमा  रहेको इलिका ब्युटी  लाउञ्ज एण्ड ट्रेनिङ सेन्टरले एक दिवसीय वेलनेस एण्ड व्युटी ट्रेनिङ सम्पन्न गरेको छ।

  इलिका ब्युटी  लाउञ्ज एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालक निशा कन्दङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेल्दी लिभिङ नेपालकी युनिभर्सल क्राउन डाइरेक्टर रेशु राईले प्रशिक्षण प्रदान गरेकी थिइन्।

उनले  हेल्दी लिभिङ नेपालले बजारमा ल्याएको सौन्दर्य सामाग्री प्रयोग गर्ने तरिका र त्यसले पुर्याउने फाइदाको बारेमा सहभागीहरुलाई जानकारी गराएकी थिइन्।

उनले हेल्दी लिभिङ नेपालले बजारमा ल्याएको सौन्दर्य सामाग्री स्वस्थवर्धक रहेकाले ढुक्क भएर प्रयोग गर्न आग्रह समेत गरिन् ।

उनले सहभागीहरुलाई  हेल्दी लिभिङ नेपालले बजारमा ल्याएको सौन्दर्य सामाग्री कलर कस्मेटीक अन्तर्गत फाउण्डेसन, लिपिस्टीक, स्किन ट्रिटमेन्ट क्रिम फर्मुला ९ , हेयर केयर प्रोडक्ट अन्तर्गत स्याम्फू, हेयर वेल, हेयर सेरम,स्किन केयर, फुडसप्लिमेन्ट लगायतको वारेमा जानकारी गराएकी थिइन्।
  उनले सहभागीले राखेको जिज्ञासाको जवाफ दिंदै आफूलाई शारीरिक तथा मानसिकरूपले तन्दुरुस्त बनाउन हेल्दी लिभिङ नेपालले बजारमा ल्याएको सौन्दर्य सामाग्री र फुड सप्लिमेन्ट प्रयोग गर्न आग्रह गरिन्।

  इलिका ब्युटी  लाउञ्ज एण्ड ट्रेनिङ सेन्टरले आयोजना गरेको वेलनेस एण्ड व्युटी ट्रेनिङबाट सहभागीले भरपूर लाभ लिएको इलिका ब्युटी  लाउञ्ज एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालक निशा कन्दङ्वाले बताइन्।