बिर्तामोड। प्रसिद्ध भजन सम्राटका रुपमा परिचित भारतीय भजन  गायक  जुनियर अनुप जलोटा रमेश प्रजापतिलाई झापाको बिर्तामोडमा स्वागत गरिएको छ।
   झापाको अर्जुनधारा नगरपालिका–१ स्थित श्रीशङ्कराचार्यपीठ साधुटारमा आयोजना भएको तीन दिने अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सवमा सहभागी हुन आएका उनलाई साहित्य चौतारी बिर्तामोड झापा नेपालले संस्थाको सभाहलमा स्वागत गरेको हो।
   साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ र सचिव तुलसीप्रसाद निरौलाले उनलाई स्वागत गरेका हुन्।
  साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले आदिकवि भानुभक्तको शिरचिन्ह टोपी लगाइदिएर साहित्य चौतारीको रजतवर्ष कृति प्रदान गरेका थिए।
  साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले आफ्नो स्वरमा रहेको भक्ति भजन सङ्ग्रह परमेश्वर १ हस्तान्तरण गरेका थिए।
सोहीक्रममा भजन  गायक  जुनियर अनुप जलोटा रमेश प्रजापतिले भजन गायक अनुप जलोटाको स्वर रहेको ऐसी लागी लगन .... भजन गाएर सहभागीलाई मन्त्रमुग्ध बनाएका थिए।

  आफू पहिलो पटक नेपाल आएको बताउँदै भजन  गायक  जुनियर अनुप जलोटा रमेश प्रजापतिले साहित्य चौतारीले गरेको कार्यको प्रसंसा गरेका थिए। 

कार्यक्रममा सहभागी अर्गनवादक सुरेन्द्रकुमार, श्रीशङ्कराचार्यपीठ साधुटार धाम समितिका उपाध्यक्ष मदन ढकाल, सदस्य विष्णुभक्त खतिवडा, महोत्सव सदस्य प्रकाश खतिवडालाई पनि साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले साहित्य चौतारीको रजतवर्ष कृति प्रदान गरी स्वागत गरेका थिए।
  श्रीशङ्कराचार्यपीठ साधुटारमा आयोजना भएको तीन दिने अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सवमा फागुन २९ गते साँझ प्रसिद्ध भजन सम्राटका रुपमा परिचित भारतीय भजन  गायक  जुनियर अनुप जलोटा रमेश प्रजापतिले भजन प्रस्तुत गर्ने कार्यक्रम रहेको श्रीशङ्कराचार्यपीठ साधुटार धाम समितिका उपाध्यक्ष मदन ढकालले बताए।