बिर्तामोड। चिल्ड्रेन ईन्भारोमेन्ट स्कुल र वीरता जेसीजको आयोजनामा सिईयस कवि प्रतिभा कार्यक्रम सम्पन्न भएको छ।
वीरता जेसीजका अध्यक्ष लोकचन्द्र श्रेष्ठको अध्यक्षता तथा वीरता जेसीजका पूर्व अध्यक्ष सजेश शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिईयस वालक्लवकी अध्यक्ष अब्नी विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
वीरता जेसीजका अध्यक्ष लोकचन्द्र श्रेष्ठले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा वीरता जेसीजका कोषाध्यक्ष अमरजीत शाहले आस्था वाचन गरेका थिए।
कार्यक्रममा चिल्ड्रेन ईन्भारोमेन्ट स्कुलका प्रिन्सिपल सन्तोष सुब्बा, वीरता जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष जेसीआई सिनेटर विशाल थापालगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा कवि नवराज पराजुली, शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द कार्की, विर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला, साहित्यकार गणेशप्रकाश आचार्य , नृत्य प्रशिक्षक राज शेर्मालगायतको आतिथ्य रहेको थियो।
कार्यक्रम अघिल्लो दिन चिल्ड्रेन ईन्भारोमेन्ट स्कुलमा अध्ययनरत् ३० जना विधार्थीहरुलाई कवि नवराज पराजुलीले कविता लेखन र वाचनबारे प्रशिक्षण प्रदान गरेको चिल्ड्रेन ईन्भारोमेन्ट स्कुलका ईसिए कोअर्डीनेटर दिनेशराज शर्माले जानकारी दिए।
कार्यक्रममा स्कुलमा कविता, कलिला कविका कविता अन्तर्गत प्रशिक्षित ९ जना विधार्थीहरुले कविता वाचन गरेका थिए।
कार्यक्रमको निर्णायकमा साहित्यकार गणेशप्रकाश आचार्य रहेका थिए।
कार्यक्रममा कवी नवराज पराजुलीले कथामा भेटौला शीर्षकको कविता वाचन गरेर सवैलाई मन्त्रमुग्ध बनाएका थिए।
कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव सुवास त्रिखत्री र विद्यार्थी पल्पसा श्रेष्ठले गरेका थिए।




















