बिर्तामोड। झापाको बिर्तामोडमा झापा ज्वेलर्स सञ्चालनमा आएको छ।
बिर्तामोडको पुरानो भद्रपुररोडमा शनिबारबाट झापा ज्वेलर्स सञ्चालनमा आएको हो।
विगत १७ बर्ष अघि सुनचाँदी व्यवसायमा संलग्न बिर्तामोडका युवा व्यवसायी गजेन्द्र रामले झापा ज्वेलर्स सञ्चालनमा ल्याएका हुन् ।
झापा ज्वेलर्सको उद्घाटन उनकी आमा दुलारीदेवीले गरेकी थिइन्।
आफूले करीब तीन बर्ष अघि बिर्तामोडको जात्रुबाढीमा झापा ज्वेलर्स सञ्चालनमा ल्याएको बताउँदै सञ्चालक गजेन्द्र रामले ग्राहकहरूको मागलाई ध्यानमा राख्दै बिर्तामोडको पुरानो भद्रपुररोडमा नयाँ व्यवस्थापनका साथ शनिबारबाट झापा ज्वेलर्स सञ्चालनमा ल्याएको जनाए।
झापा ज्वेलर्सबाट सुन तथा चाँदीका सम्पूर्ण गरगहना सुपथ मूल्यमा ग्राहकलाई उपलब्ध गराउने उनले बताए।
त्यस्तै ग्राहकहरूको अर्डर वमोजिम सुन तथा चाँदीका सम्पूर्ण गरगहना तयार गरी सुपथ मूल्यमा ग्राहकलाई उपलब्ध गराउने उनले बताए।




















