बिर्तामोड। ग्लोवल मनी वीकको अवसरमा सेन्ट्रल फाइनान्स लिमिटेड शाखा बिर्तामोडको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
झापाको वाह्दशी – ६ बिहीबारे बजारका स्थानीयवासीलाई सेन्ट्रल फाइनान्स लिमिटेड शाखा बिर्तामोडले बित्तिय साक्षरता प्रदान गरेको हो ।
श्री आदर्श राघव भजन कीर्तन मण्डली सेवा समाजका अध्यक्ष मधुराम पनेरूको अध्यक्षता तथा विर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाको आतिथ्यमा भएको कार्यक्रममा सेन्ट्रल फाइनान्स लिमिटेड शाखा बिर्तामोडका शाखा प्रमुख प्रकाश फुयलले स्वागत गरेका थिए ।
उनले ग्लोवल मनी वीकको अवसरमा स्मार्ट मनी टक भन्ने नाराका साथ स्थानीय समुदायलाई बचत र खर्च गर्ने , आम्दानी र खर्चको व्यवस्थापन, बित्तिय साक्षरता , बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारीमुलक शिक्षा दिन संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरिएको बताए ।
उनले कार्यक्रमको सहजीकरण गर्दै सहभागीहरुलाई आम्दानीबाट बचत राखी खर्च गर्ने बारेमा जानकारी गराएका थिए।
त्यस्तै कर्मचारी रोशन मिश्रले नेपालको बैंकिङ प्रणालीको बारेमा जानकारी गराएका थिए। उनले सेन्ट्रल फाइनान्स लिमिटेडको बारेमा जानकारी दिँदै नेपाल राष्ट्र बैंकको ग बर्गको वैंक रहेको बताए।
उनले सेन्ट्रल फाइनान्स लिमिटेडको बचत खाताका प्रकार र त्यसबाट प्राप्त हुने व्याज र कर्जाका प्रकार र त्यसबाट पाउने सुविधा र सेन्ट्रल फाइनान्स लिमिटेडबाट प्रदान गरिने डिजिटल बैंकिङ र अन्य सुविधाहरूका बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए।
सेन्ट्रल फाइनान्स लिमिटेडले हाल देशका १७ जिल्लाका विभिन्न स्थानमा रहेका २० वटा शाखाबाट बित्तिय सेवा प्रदान गरिरहेको उनले जानकारी दिए ।
उनले बचतको बारेमा बताउँदै बचत गर्नुपर्ने कारण, बचत गर्ने उपाय , बचत गर्दा हुने फाइदा , बचत गर्ने स्थानका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए।
सेन्ट्रल फाइनान्स लिमिटेड शाखा बिर्तामोडका शाखा प्रमुख प्रकाश फुयलले कर्जाको बारेमा बताउँदै कर्जा लिने उद्देश्य, कर्जाको सदुपयोगिता ,कर्जाको प्रभावकारी व्यवस्थापन, असल र खराब कर्जा , कर्जा लिनु अघि ध्यान दिनुपर्ने कुरा, कर्जा नतिर्दाको असर, कर्जा परिचालन गर्ने तरिकाबारे सहभागीलाई जानकारी गराएका थिए । उनले नोटको बिबिध पक्ष बारे सहभागीहरुलाई जानकारी गराएका थिए।
त्यस्तै सेन्ट्रल फाइनान्स लिमिटेड शाखा बिर्तामोडका कर्मचारी मिशन प्रधानले बैंकमा खाता खोल्ने तरिकाबारे सहभागीलाई जानकारी गराएका थिए भने अर्का कर्मचारी लक्ष्मण घतानीले बैंकको चेक र चेक भर्ने तरिकाको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए। सेन्ट्रल फाइनान्स लिमिटेड शाखा बिर्तामोडकी कर्मचारी रञ्जु आचार्यले डिजिटल बैकिङको परिचय,प्रयोग गर्ने चुनौति, ध्यान दिनुपर्ने कुरा,अनलाइन ठगीबाट बच्ने तरिका,डिजिटल बैकिङबाट हुने फाइदा, डिजिटल बैकिङबाट सुरक्षित रहने उपायबारे सहभागीलाई जानकारी गराएकी थिइन् ।
कार्यक्रममा सहभागीलाई बैक र बित्तिय सम्बन्धित बिभिन्न प्रश्न सोधेर सही उत्तर दिने सहभागीलाई पुरस्कार प्रदान गरिएको थियो भने सहभागीहरुलाई बैंकको चेक र भौचर भर्ने प्रयोगात्मक अभ्यास गराएर उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमका अध्यक्ष पनेरूले बाह्दशी जस्तो ग्रामिण क्षेत्रमा आएर यहाँका स्थानीयवासीलाई वैंक र वित्तिय सम्वन्धी जानकारी गराएकोमा सेन्ट्रल फाइनान्स लिमिटेड शाखा बिर्तामोडलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमका सहभागीहरुले बैंकिङ एवं वित्तीय क्षेत्रका विभिन्न सेवा सुविधाहरू बारे सूचना प्राप्त गर्न पाएको हुँदा कार्यक्रम उपलब्धिमूलक रहेको बताएका थिए। ४५जना स्थानीयवासीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन बैककी कर्मचारी रञ्जु आचार्यले गरेकी थिइन् ।




















