बिर्तामोड। श्री महारानीगञ्ज माध्यमिक विद्यालय अर्जुनधारा ११ ले आफ्ना विद्यार्थीहरूलाई पोशाक बितरण तथा पुरस्कार वितरण गरेको  छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल खतिवडाको अध्यक्षता तथा  नेपाल एसवीआई वैंक लिमिटेडकी कोशी प्रदेश ईञ्चार्ज दमयन्ती जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक सूर्यप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।      
   कार्यक्रममा नेपाल एसवीआई वैंक लिमिटेडको सहयोगमा विद्यालयमा अध्ययनरत् २ सय ४४  विद्यार्थीहरूलाई सदनात्मक पाेसाक बितरण गरिएको    
नेपाल एसवीआई वैंक लिमिटेड बिर्तामोड शाखा प्रमुख सन्तोष अधिकारीले जानकारी दिए।
नेपाल एसवीआई वैंक लिमिटेडको  सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको  बैंकका प्रवन्धक असिम इङ्नामले बताए।
कार्यक्रममा विद्यालयमा अध्ययनरत्  विद्यार्थीहरूमध्ये कक्षागत रूपमा प्रथम, द्वितीय र तृतीयहुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो।
त्यस्तै २०८२ को एसईईमा सहभागी हुने विद्यार्थीहरूलाई विदाई गरिएको थियो।
कार्यक्रममा अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङ्नामले धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले गरेका थिए।