बिर्तामोड। झापाको बिर्तामोडमा व्युटी कलेक्सन सञ्चालनमा आएको छ। बिर्तामोड भद्रपुररोड पोखरेल मार्केटभित्र व्युटी कलेक्सन सञ्चालनमा आएको हो। बिर्तामोडका सौन्दर्य व्यवसायी धर्म शाहले व्युटी कलेक्सन सञ्चालनमा ल्याएका हुन्।
व्युटी कलेक्सनको उद्घाटन व्यवसायी शाहकी आमा रमादेवी शाहले गरेकी थिइन्।
व्युटी कलेक्सनमा कस्मेटीकका सम्पूर्ण सामाग्री, व्युटी पार्लर सञ्चालन गर्नका लागी चाहिने सम्पूर्ण सामाग्री, फेन्सी ज्वेलरी एसोसेरीज,ग्यारेन्टेड गरगहनालगायतका सामग्री उपलब्ध रहेको सञ्चालक शाहले बताए।
कार्यक्रममा सहभागी बिर्तामोड उद्योग बाणिज्य संघका सचिव राजकुमार शाह, सदस्य शत्रुधन प्रसाद रौनियार, विर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला, व्यवसायी दीपक साफी, समाजसेवी किरण गुरुङलगायतले व्यवसाय सफलताको शुभकामना दिएका थिए।
विगत ३० वर्षदेखी सौन्दर्य व्यवसाय सञ्चालन गरीरहेका व्यवसायी शाहले ग्राहकहरूको मागलाई ध्यानमा राखेर व्युटी कलेक्सन सञ्चालनमा ल्याएको बताए।
उनले सर्वसुलभ दरमा ग्राहकलाई सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।




















