बिर्तामोड । झापाली लोकगायिका मोनिका चुडाल (मेनुका) काठमाण्डौमा सम्मानित भएकी छिन् । सगरमाथा प्रतिष्ठान नेपालव्दारा काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आयोजित महिला सशक्तीकरण एवंम राष्ट्रिय महिला उद्दमी सम्मेलन तथा महिला सशक्तीकरण राष्ट्रिय सम्मान २०८२ को कार्यक्रममा झापाली लोकगायिका मोनिका चुडाल (मेनुका) लाई महिला सशक्तीकरण राष्ट्रिय सम्मान २०८२ प्रदान गरिएको हो ।

प्रतिष्ठानका कोषाध्यक्ष तारा सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी ठाकुर, पूर्व उपसभामुख इन्दिरा राना , नेतृ अष्टलक्ष्मी शाक्य, प्रतिक्ष्ठानका अध्यक्ष नरबहादुर लिम्बु, संरक्षक तथा सल्लाहकार लक्ष्मीकिशोर श्रेष्ठ, महासचिव तथा कार्यक्रम संयोजक भरत ढकाललगायतले लोकगायिका मोनिका चुडाल (मेनुका) लाई दोसल्ला मालासहित सम्मान पत्र प्रदान गरेका थिए ।

कला संस्कृति,गीत संगीतको माध्यमबाट समाज र राष्ट्रका साथै विशेषगरी  महिला सशक्तीकरणको क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै लोकगायिका मोनिका चुडाल (मेनुका) लाई महिला सशक्तीकरण राष्ट्रिय सम्मान २०८२ सम्मान प्रदान गरिएको हो । 

सम्मानपत्रमा गीत , संगीत र समाजसेवामा विगत ३३ वर्षदेखि निरन्तर क्रियाशिल रहँदै लोक आधुनिक गीत तथा भजनमा आफ्नो छुट्टै  विशिष्ठ पहिचान बनाृन सफल हुँदै लोक संस्कृतिका गीतहरु, देउसी भैलो, संगीनी, असारे गीत, वालन गीत गरी तीनसय भन्दा वढी गीत गाउन सफल र १६ वटा एल्वम उत्पादन गरी कला संस्कृति,गीत संगीतको माध्यमबाट समाज र राष्ट्रका साथै विशेषगरी  महिला सशक्तीकरणको क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै  सम्मान गरिएको उल्लेख छ ।

पाँच , छ वर्षको उमेरदेखि गीत संगीतमा लागेकी चुडालले २०५७ सालमा भोजपुर डबली नामक एल्बम बजारमा ल्याएकी थिइन् । झापा बिर्तामोड –१० सैनीक बजारमा बुबा भोलानाथ चुडाल तथा आमा टीकादेबी चुडाल (चेलीदिदी )को कोखबाट कान्छी छोरीको रुपमा जन्मिएकी चुडालले पछिल्लो समय गीत संगीतलाई आफ्नो कर्मक्षेत्र बनाएकी छिन् ।

२०५८ सालमा रेडीयो नेपालबाट स्वर परीक्षा पास गरेकी चुडालले आफ्नो लोक गीत संगीतबाट श्रोतालाई मन्त्रमुग्ध बनाएकी छिन् । नेपाल साँगीतिक संघको केन्द्रीय सदस्य रहेकी चुडाल यसअघि पूर्वाञ्चल कलाकार समाज झापाकी कोषाध्यक्ष रहेकी थिइन् ।

 झापाली लोकगायक युवराज पोर्तेलसंग गायन क्षेत्र अघि बढाइरहेकी चुडालले पछिल्लो समय म्यूजिक नेपालसंगको सहकार्यमा धेरै गीत तथा म्यूजिक भिडियो बजारमा ल्याएकी छिन् । उनीहरुको पञ्चेबाजामा आधारित म्यूजिक भिडियो पुतलीको बिहे, र मायाले बोलायो गीत बजारमा आउने तयारीमा रहेको छ ।

हाल काठमाण्डौ बागबजारमा वस्दै आएकी चुडालले महिला सशक्तीकरण राष्ट्रिय सम्मान २०८२ सम्मान पाएकोमा खुशी व्यक्त गरिन् । यो सम्मानले आफूलाई गीतसंगीतको क्षेत्रमा अघि वढ्ने प्रेरणा मिलेको उनले बताइन् ।

विगत लामो समयदेखि गीतसंगीतको क्षेत्रमा सहकार्य गरीरहेका लोकगायक युवराज पोर्तेलले लोक गायिका मोनिका चुडालको गायकी क्षमताबाट आफू प्रभावित बनेको बताए ।  

 लोकसंस्कृति , लोकआधुनिक, मौलिक गीत, भजन सबै उत्तिकै गाउन सिपालु चुडाललाई कला संस्कृति,गीत संगीतको माध्यमबाट समाज र राष्ट्रका साथै विशेषगरी  महिला सशक्तीकरणको क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै सगरमाथा प्रतिष्ठान नेपालले महिला सशक्तीकरण राष्ट्रिय सम्मान २०८२ सम्मान प्रदान गरेर लोक गायिका चुडालको गायकी क्षमताको कदर गरेको उनले बताए ।