बिर्तामोड। बिर्तामोडका युवा व्यवसायी निर्मल भट्टराई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सदस्यमा चयन भएका छन्।
युवा व्यवसायी भट्टराई नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष, बिर्तामोड उद्योग वाणिज्य संघका विशिष्ट सदस्य समेत रहेका छन्।
सामाजिक सेवामा समेत सक्रिय युवा व्यवसायी भट्टराई वीरता जेसीजका पूर्व अध्यक्ष, रोटरी क्लब अफ बिर्तामोडका पास्ट प्रेसिडेन्ट,नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखामा समेत आबद्ध रहेका छन्।


















