बिर्तामोड । के तपाईं बिभिन्न पसल चहारेर सामान किन्दा किन्दा हैरान हुनु भएको छ ? यदी त्यसो हो भने अब तपाईँको यस्तो समस्या बिर्तामोडको पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्सले हल गरिदिने छ ।
वालवालिकादेखि वृद्धवृद्धासम्मलाई चाहिने सम्पूर्ण सामग्री
एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यले बिर्तामोडमा पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्स सञ्चालनमा ल्याएर वालवालिकादेखि वृद्धवृद्धासम्मलाई चाहिने सम्पूर्ण सामग्री एउटै छानामुनि उपलब्ध गराइने भएको हो।
आगामी जेठ ३० गते शनिबार बिर्तामोडको अतिथीसदन नजिक पीके हब डिपार्टमेन्ट स्टोर र बिर्तामोडको शनिश्चरे रोडमा मन्त्र क्लोथ्स उद्घाटन गरिने र त्यसपछि वालवालिकादेखि वृद्धवृद्धासम्मलाई चाहिने सम्पूर्ण सामग्री उपलब्ध गराइने सञ्चालक भेषराज दाहालले बताए।
लामो समयसम्म वैदेशिक रोजगारको शिलशिलामा दक्षिण कोरियामा व्यवसायिक क्षेत्रमा क्रियाशील रहेर स्वदेश फर्किएका दाहालले दुई करोड रुपैयाँभन्दा बढी लगानीमा अतिथि सदन नजिकैको पीके कम्प्लेक्समा पीके हब डिपार्टमेन्ट स्टोर र बिर्तामोड मुक्तिचोकबाट शनिश्चरेतर्फ जाने सडकमा मन्त्र क्लोथ्स सञ्चालनमा ल्याएका हुन्।
विदेशका डिपार्टमेन्ट स्टोर जस्तै स्वरूपमा उपभोक्तालाई गुणस्तरीय सामग्री सरल मूल्यमा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याएको पीके हब डिपार्टमेन्ट स्टोरमा घरायसी तथा दैनिक जीवनमा आवश्यक पर्ने विविध सामग्री एकै स्थानबाट खरिद गर्न सकिने व्यवस्था गरिएको सञ्चालक दाहालले बताए । नवजात शिशुका आवश्यक वस्तु, विद्यालय जाने बालबालिकाका लागि स्कूल ब्याग, पानीका बोतल, भाँडाकुँडा, किचन सामग्री, प्लास्टिकजन्य सामग्री, खेलकुद सामग्री, बाथरुमसम्बन्धी सामग्री, खेलौना, ब्लक सेट, स्केटिङ तथा स्विमिङ सामग्री, वृद्धवृद्धाका लौरो लगायतका सामग्री पीके हब डिपार्टमेन्ट स्टोरमा उपलब्ध गराइने उनको भनाई छ ।
त्यस्तै, काठमाडौंमा मुख्य कार्यालय रहेको मन्त्र क्लोथ्सको तेस्रो शाखाका रूपमा विस्तार हुन लागेको मन्त्र क्लोथ्समा पुरुष, महिला तथा बालबालिकाका लागि आवश्यक रेडिमेड कपडा, अन्तर्वस्त्र, मोजा, पेटी, भेस्ट तथा अन्य फेसनसम्बन्धी सामग्री बिक्री गरिने सञ्चालक दाहालले बताए।
पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्सका मिडिया तथा प्रमोशन विभाग प्रमुख सुमित रजकले विशेष गरी झापाका उपभोक्ताहरूलाई सरल मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउन पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्स सञ्चालनमा ल्याएको बताए।
आगामी जेठ ३० गते शनिवार उद्घाटन गरिने पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्सको उद्घाटनको अवसरमा ग्राहकका लागि विशेष छुट तथा उपहार योजनासमेत ल्याइएको बताउँदै रजकले उद्घाटनपछिको पहिलो साताभर सम्पूर्ण सामानमा १० प्रतिशत छुट प्रदान गरिने र दोस्रो सातामा पाँच प्रतिशत छुटको व्यवस्था गरिएको जनाए।
त्यस्तै, पाँच हजार रुपैयाँ वा सोभन्दा बढीको खरिदमा ग्राहकलाई स्क्र्याच कुपन उपलब्ध गराइने र उक्त कुपनमार्फत १०० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म नगद फिर्ता पाउन सकिने उनको भनाई छ।
त्यस्तै १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्ने ग्राहकलाई भने निश्चित ५०० रुपैयाँ नगद फिर्ता गरिने व्यवस्था मिलाइएको पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्सका मिडिया तथा प्रमोशन विभाग प्रमुख सुमित रजकले बताए।
सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गर्दै विशेष योजना ल्याइएको बताउँदै उनले मन्त्र क्लोथ्स तथा पीके हबको टिकटक आईडी र फेसबुक पेज फलो गरी सामग्री शेयर गर्ने ग्राहकमध्ये एक जना भाग्यशाली विजेतालाई लक्की ड्रमार्फत दुई हजार रुपैयाँ बराबरको निःशुल्क किनमेल कुपन प्रदान गरिने जानकारी दिए।
पीके हब डिपार्टमेन्ट स्टोरमा उपलब्ध अधिकांश सामग्री न्यूनतम २० रुपैयाँदेखि अधिकतम तीन हजार रुपैयाँसम्मको मूल्यमा उपलब्ध हुने उनको भनाई छ। निश्चित मूल्य प्रणाली लागू गरिएकाले ग्राहकले मोलमोलाइ नगरी सहज र विश्वसनीय रूपमा किनमेल गर्न सक्ने सञ्चालक दाहालले बताए।
बिर्तामोड तथा आसपासका क्षेत्रका उपभोक्तालाई परिवारका सम्पूर्ण आवश्यक सामग्री एउटै स्थानबाट खरिद गर्ने सुविधा प्रदान गर्ने लक्ष्यसहित पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्स सञ्चालनमा ल्याइएको बताउँदै उनले एकपटक पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्समा आएर सेवा लिन सबैलाई आग्रह गरे।




















