बिर्तामोड। बिर्तामोडमा दुई दिवसीय रोजगार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ।
बिर्तामोड नगरपालिकाको आयोजना तथा बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा आयोजनामा बिर्तामोडस्थित अतिथिसदनमा जेठ ३० र ३१ गते हुने मेलामा २५ वटा विभिन्न रोजगारदाताको स्टल र ५ वटा बिर्तामोड नगरपालिकाले ५ वटा स्टल रहने सहजकर्ता सेवक बजगाईंले बताए।
 उनले रोजगार मेलामा आउने सहभागीलाई सफल उद्योगी व्यवसायीहरूको सफलताको कथा सुनाउने,  उद्योगी व्यवसायीहरूसंग रोजगारकर्ताको  अन्तरक्रिया गर्ने र रोजगार खोज्नेलाई अन द स्पट पहिलो चरणको अन्तरवार्ता गराइने बताए।  रोजगारमेलामा सहभागी हुन सबै उत्सुक देखिएको उनको भनाई छ।
   बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले रोजगार मेला सबै प्रकारका मानिसलाई उपयोगी हुने बताए।
   बिर्तामोड -३ का वडाध्यक्ष मदन बुढाथोकीले रोजगार मेलाले रोजगारदाता र बेरोजगारबीचको पुलको काम गर्ने बताए। उनले रोजगार मेलाले बेरोजगारको संख्या घटाउने विश्वास व्यक्त गरे।
    बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले रोजगार मेला बिर्तामोड नगरपालिकाको महत्वपूर्ण कार्यक्रम भएको बताए। रोजगार मेलाले  बेरोजगार युवालाई स्वरोजगार बनाउन मद्दत पुग्ने उनको भनाई छ।
    बिर्तामोड नगरपालिकाका उपसचिव तीलचन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिकाका रोजगार शाखा संयोजक होमनाथ भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रमको सञ्चालन बिर्तामोड नगरपालिकाका प्रेस संयोजक रमेश तिवारीले गरेका थिए।