बिर्तामोड। नेवा: पाशा मुना पुचः बिर्तामोडको आयोजनामा ईहि पा बेलकर्म सम्पन्न भएको छ।
अर्जुनधारा ६ दासपुलस्थित भिमसेनमन्दिरमा चार जना नेवार समुदायका वालिकाहरूको बेलकर्म गरिएको थियो।
ईलाम दानाबारीका ४ बर्षिया नायरा श्रेष्ठ, ९ बर्षिया सेरेन श्रेष्ठ , अर्जुनधाराकी ९ बर्षिया काब्या श्रेष्ठ र बिर्तामोडकी ११ बर्षिया आरबिका श्रेष्ठको बेलकर्म गरिएको कार्यक्रम संयोजक तारादेबी श्रेष्ठले बताइन्।
नेवार समुदायका पुरोहित गुभाजु कुमार श्रेष्ठले नेवार समुदायका वालिकाहरूको ईहि पा बेलकर्म गराएको उनले बताइन्।
नेवा: पाशा मुना पुचः बिर्तामोडको आयोजनामा बिगत १० बर्षदेखि निरन्तर ईहि पा बेलकर्म गरिएको नेवा: पाशा मुना पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठले बताए।
पहिले पहिले नेवार समुदायका वालिकाहरूको ईहि पा बेलकर्म गर्न गुभाजुको अभाब र नेवार समुदायको संघ सस्थाले ईहि पा बेलकर्म आयोजना नगर्दा झापा, ईलामलगायतका नेवार समुदायका वालिकाहरूको ईहि पा बेलकर्म गर्न धरान, विराटनगर लैजानुपर्ने बाध्यता भएको भएपनि नेवा: पाशा मुना पुचः बिर्तामोडको आयोजनामा बिगत १० बर्षदेखि निरन्तर ईहि पा बेलकर्म गराउन थालेपछि अहिले सहज भएको उनले बताए।
हरेक बर्ष सरस्वती पूजाको दिन नेवार समुदायका वालिकाहरूको ईहि पा बेलकर्म गर्ने गरिएको बताउँदै उनले नेवा: पाशा मुना पुचः बिर्तामोडले निश्चित रकम लिएर सम्पूर्ण सुविधा उपलब्ध गराएको जानकारी दिए।
आफ्ना छोरीहरूको ईहि पा बेलकर्म गर्न आएका अभिभावकले नेवा: पाशा मुना पुचः बिर्तामोडले ईहि पा बेलकर्मको आयोजना गरेर आफ्ना छोरीहरूको ईहि पा बेलकर्म गराएकोमा नेवा: पाशा मुना पुचः बिर्तामोडलाई धन्यवाद दिएका छन्।




















