बिर्तामोड झापाको बिर्तामोडमा बृहत जुत्ता मेला शुरु भएको छ ।
‘स्वदेशी उत्पादन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ बिर्तामोड सिटी सेन्टरमा माघ ७  गतेदेखि फागुन १७ गतेसम्म ‘  बृहत जुत्ता मेला ’ सञ्चालन भइरहेको  हो ।
  बिर्तामोड सिटी सेन्टर इन्भेष्टमेन्ट प्रालिको आयोजनामा ‘ बृहत जुत्ता मेला ’ आयोजना गरिएको बिर्तामोड सिटी सेन्टर इन्भेष्टमेन्ट प्रालिका सञ्चालक दीपेन्द्र राउतले बताए।
‘ बृहत जुत्ता मेला ’ मा नेपालका स्वदेशी कम्पनीले उत्पादन गरेका बिभिन्न ब्राण्डका जुत्ता  राखिएको उनले बताए ।  बिर्तामोड सिटी सेन्टरमा सञ्चालन भइरहेको ‘  बृहत जुत्ता मेला ’ को प्रमुख अतिथी बिर्तामोड उद्योग बाणिज्य संघका बिशिष्ठ सदस्य निर्मल भट्टराई र विशिष्ट अतिथि  बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईले संयुक्तरुपमा उद्घाटन गरेका थिए।
  प्रमुख अतिथि भट्टराईले स्वदेशी उत्पादन जुत्तालाई सबैले प्रयोग गर्नुपर्नेमा जोड दिए ।

उनले बिर्तामोड सिटी सेन्टरमा ‘  बृहत जुत्ता मेला ’ को संचालनले बिर्तामोड सिटी सेन्टरको व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
  कार्यक्रममा विशिष्ट अतिथि  बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईले स्वदेशी उत्पादन जुत्ता  प्रयोग गरेर स्वदेशी कम्पनीलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गरे ।
   स्वदेशमा उत्पादित जुत्ता र स्वदेशी ब्राण्डहरुलाई उपभोक्ताहरुको माझमा पुर्याउने र आम उपभोक्ताहरुलाई स्वदेशी जुत्ता नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन जुत्ता  प्रयोग गर्न उपभोक्ताहरुको रुची जगाउने उद्देश्यले बिर्तामोडमा ‘ बृहत जुत्ता मेला ’ सञ्चालन गरिएको सञ्चालक सुमन नेपालीले बताए ।
उनले  बिर्तामोडमा ‘ बृहत जुत्ता मेला ’ मा स्वदेशी कम्पनीकै ब्रान्डेड जुत्ता  पाइने भएकाले ठगिने समस्या नहुने र भारी छुट पनि पाइने भएकाले एकपटक बिर्तामोड सिटीसेन्टरमा आयोजित ‘ बृहत जुत्ता मेला ’ मा   आउन सबैलाई आग्रह गरे।