बिर्तामोड। तेस्रो बुद्धशान्ति गाउँपालिका बडास्तरीय नकआउट फुटबल प्रतियोगिता शुरू भएको छ भने उद्घाटन खेलमा वडा न ४ बिजयी भएको छ।
बुद्धशान्ति गाउँपालिका वडा नं २ खेलकुद बिकास समितिको आयोजना तथा नवज्योति युवा क्लब बुद्धशान्ति २ को सहआयोजनामा जयपुरस्थित आदर्श माविको खेलमैदानमा वडा न ४ र वडा न ५ बीच भएको उद्घाटन खेलमा वडा न ४ ले वडा न ५ लाई ५ गोल गर्दै बिजयी भएको हो ।
वडा न ४ को तर्फबाट अंशु लिम्बू, आदित्य केरूङ, सन्दीप लिम्बू, श्रेयु मगर , विवेक लिम्बूले एक एक गोल गरेका थिए।
बुद्धशान्ति गाउँपालिकाको प्रायोजन र बुद्धशान्ति गाउँपालिका खेलकुद बिकास समितिको समन्वयमा भइरहेको तेस्रो बुद्धशान्ति गाउँपालिका बडास्तरीय नकआउट फुटबल प्रतियोगिता आगामी माघ १७ गतेसम्म सञ्चालन हुने आयोजक समितिका मेदनी घिमिरेले जानकारी दिए।
प्रतियोगिताको बिजेतालाई नगद ५० हजार शिल्ड र प्रमाणपत्र तथा उपबिजेतालाई नगद २५ हजार शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजक वडा नं २ का टीम म्यानेजर सेमन्त पोखरेलले जानकारी दिए।
बुद्धशान्ति गाउँपालिका वडा नं २ खेलकुद बिकास समितिका संयोजक भरत खतिवडाको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका खेलकुद बिकास समितिका संयोजक तथा वडा नं ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङको प्रमुख आतिथ्य तथा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आलेको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा नवज्योति युवा क्लब बुद्धशान्ति २ का अध्यक्ष गोपाल पोखरेलले स्वागतसहित औचित्यमाथी प्रकाश पारेका थिए।
कार्यक्रमको सञ्चालन बुद्धशान्ति गाउँपालिका खेलकुद बिकास समितिका गोकुल पौडेलले गरेका थिए। खेलको म्यान अफ द म्याच वडा न ४ का आयुस राई घोषित भएका थिए।
आइतबारको खेल वडा न २ र वडा न ७ बीच हुने सहआयोजक नवज्योति युवा क्लब बुद्धशान्ति २ का अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए।




















