बिर्तामोड।  कनकाई उद्योग वाणिज्य संघको अध्यक्षमा जनक कार्की सर्वसम्मत चयन भएका छन्।
   संस्थाको ११औ साधारण सभा तथा चौथो अधिवेशनले कार्कीको अध्यक्षतामा नयाँकार्यसमिति चयन गरेको हो ।
   नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला , वाणिज्य उपाध्यक्षमा डिल्लीराम पौडेल , उद्योग उपाध्यक्षमा टिकाराम बराल , महासचिवमा सोमनाथ उप्रेती , कोषाध्यक्ष राजकुमार शाह , वाणिज्य सचिव शान्ता अधिकारी र उद्योग सचिव सागर ओली  चयन भएको निर्वाचन समितिका संयोजक कुमारमणी पोखरेलले जानकारी दिए ।
त्यस्तै  खुल्ला सदस्यहरुमा रमेश भट्टराई , दिपेन्द्र थपलिया , शंकर मैनाली , दुर्गाप्रसाद पाठक , महेन्द्र मैनाली ,मानबहादुर दाहाल , तिलक श्रेष्ठ र महिला सदस्यहरूमा  निर्मला चामलिङ राई , लक्ष्मी बस्नेत र चित्रा श्रेष्ठ  चयन भएको उनले बताए ।
   संघका कार्यबाहक अध्यक्ष  जनक कार्कीको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष जविन तिम्सिनाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
  कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत ,  कोशी उद्योग वाणिज्य महासंघका संस्थापक अध्यक्ष नरेन्द्र खड्का , नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया , कोशी प्रदेश सदस्य वीरेन्द्र शाह , नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाई , कनकाई बहुमुखी क्याम्पसका अध्यक्ष प्रकाश चुडाल , कनकाई उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमारमणि पोखरेल , कनकाई उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष युवराज संग्रौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष कार्कीले बार्षिक प्रतिवेदन , महासचिव सरोज सिटौलाले महासचिवको  प्रतिवेदन , कोषाध्यक्ष राजकुमार शाहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाकै अवसरमा संघको भवनको प्राङ्गणमा निर्माण गरेको मण्डपको उद्घाटन  कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायतले गरेका थिए ।

कार्यक्रममा मण्डप निर्माणमा सहयोग गर्नेलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा संघमा आबद्ध पुराना व्यवसायी लक्ष्मीपुरमा लामो समयदेखि नेहा टेलर्स सञ्चालन गर्दै आएका मोहम्मद नाजिमिन लाई सम्मान गरिएको थियो।

   कार्यक्रमको सञ्चालन संघका महासचिव सरोज सिटौलाले गरेका थिए ।