बिर्तामोड। पठन संस्कृति बर्ष २०२६ को अवसरमा शिक्षासेवी हरिकुमार प्रसाईं स्मृति साहित्य लेखन कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
न्युटन्स एजुकेशन एकेडेमीको आयोजना तथा पठन संस्कृति बर्ष २०२६ अभियानको सहकार्यमा कार्यक्रम भएको हो।
बिद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष गोपिकृष्ण प्रसाईंको अध्यक्षता तथा साहित्यकार केशव आचार्यको प्रमुख आतिथ्यमा भएको
कार्यक्रममा विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका विद्यार्थीलाई साहित्यप्रति र पठन संस्कृतिप्रति रूची जगाउन यस प्रकारको कार्यक्रम आवश्यक भएको बताएका थिए।
पठन संस्कृति बर्ष २०२६ अभियानका सहसंयोजक तथा ईशा बुक्स एण्ड स्टेशनरीका सञ्चालक केशव मैनालीले पठन संस्कृति बर्ष २०२६ अभियानको सन्दर्भमा पठन र लेखनलाई कसरी संयोजन गर्न सकिन्छ भन्ने बारे जानकारी गराएको कार्यक्रममा साहित्यकार जानु धितालले विद्यार्थीलाई आफ्नो साहित्यिक अनुभव सुनाएकी थिइन्।
कार्यक्रममा साहित्यकार तुलसीप्रसाद भट्टराई, हरि बराल, खगिन्द्रा खुशी, अम्बिका कडरीया, पुरुषोत्तम ढुंगेल,मनोज लुइँटेललगायतले साहित्यिक रचना वाचन गरेका थिए।
कार्यक्रममा कथालेखन बारे साहित्यकार हेमराज अधिकारी, कविता लेखन बारे साहित्यकार लीला अनमोल र निबन्ध लेखन बारे साहित्यकार तथा पठन संस्कृति बर्ष २०२६ का कार्यक्रम संयोजक तीर्थ सिग्देलले लेखनसीपबारे बिद्यार्थीहरुलाई जानकारी गराएका थिए।
कार्यक्रममा बिर्तामोड, अर्जुनधारा, बुद्धशान्ति, कनकाई नगरपालिकाका सामुदायिक तथा संस्थागत बिभिन्न बिद्यालयका कक्षा १० सम्मका एक सय ५० विद्यार्थीहरूको सहभागिता रहेको न्युटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईंले जानकारी दिए।
कार्यक्रमको सहजीकरण शिक्षक पवित्रा पौडेल, साहित्यकार तीर्थ सिग्देल र खगिन्द्रा खुशीले गरेका थिए।




















