बिर्तामोड। झापाको बुद्धशान्तिमा जारी तेस्रो बुद्धशान्ति गाउँपालिका बडास्तरीय नकआउट फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा वडा न २ बिजयी भएको छ।
बुद्धशान्ति गाउँपालिका वडा नं २ खेलकुद बिकास समितिको आयोजना तथा नवज्योति युवा क्लब बुद्धशान्ति २ को सहआयोजनामा जयपुरस्थित आदर्श माविको खेलमैदानमा वडा न २ र वडा न ७ बीच भएको खेलमा वडा न २ ले वडा न ७ लाई २ गोल गर्दै बिजयी भएको हो ।
वडा न २ को तर्फबाट बिकास दाहाल र समिर धिमालले एक एक गोल गरेका थिए।
खेलको म्यान अफ द म्याच वडा न २ का अनिल गिरी घोषित भएको बुद्धशान्ति गाउँपालिका खेलकुद बिकास समितिका गोकुल पौडेलले जानकारी दिए ।
बुद्धशान्ति गाउँपालिकाको प्रायोजन र बुद्धशान्ति गाउँपालिका खेलकुद बिकास समितिको समन्वयमा भइरहेको तेस्रो बुद्धशान्ति गाउँपालिका बडास्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत सोमबार वडा न १ र वडा न ६ बीच खेल हुने सहआयोजक नवज्योति युवा क्लब बुद्धशान्ति २ का अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए।
आगामी माघ १७ सम्म सञ्चालन हुने प्रतियोगिताको बिजेतालाई नगद ५० हजार शिल्ड र प्रमाणपत्र तथा उपबिजेतालाई नगद २५ हजार शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजक वडा नं २ का टीम म्यानेजर सेमन्त पोखरेलले जानकारी दिए।




















