बिर्तामोड। झापाको बुद्धशान्तिमा जारी तेस्रो बुद्धशान्ति गाउँपालिका बडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा वडा न १ बिजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
बुद्धशान्ति गाउँपालिका वडा नं २ खेलकुद बिकास समितिको आयोजना तथा नवज्योति युवा क्लब बुद्धशान्ति २ को सहआयोजनामा जयपुरस्थित आदर्श माविको खेलमैदानमा वडा न १ र वडा न ६ बीच भएको खेलमा वडा न १ ले वडा न ६ लाई १ का बिरूद्द २ गोल गर्दै बिजयी भएको हो ।
वडा न १ को तर्फबाट धिरज मगर र राहुल लिम्बूले एक एक गोल गरेका थिए भने वडा न ६ का सुगन सिन्जाली मगरले सान्तवना एक गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच वडा न १ लाई जित दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका वडा न १ का धिरज मगर घोषित भएको बुद्धशान्ति गाउँपालिका खेलकुद बिकास समितिका गोकुल पौडेलले जानकारी दिए ।
बुद्धशान्ति गाउँपालिकाको प्रायोजन र बुद्धशान्ति गाउँपालिका खेलकुद बिकास समितिको समन्वयमा भइरहेको तेस्रो बुद्धशान्ति गाउँपालिका बडास्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत प्रतियोगिताको पहिलो सेमिफाइनल माघ १४ गते बुधबार वडा न १ र वडा न ४ तथा दोश्रो सेमिफाइनल माघ १५ गते बिहीबार वडा न २ र वडा न ३ का बीच खेल हुने सहआयोजक नवज्योति युवा क्लब बुद्धशान्ति २ का अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए।
आगामी माघ १७ सम्म सञ्चालन हुने प्रतियोगिताको बिजेतालाई नगद ५० हजार शिल्ड र प्रमाणपत्र तथा उपबिजेतालाई नगद २५ हजार शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजक वडा नं २ का टीम म्यानेजर सेमन्त पोखरेलले जानकारी दिए।
बुद्धशान्ति -२ खेलकुद विकास समितिका संयोजक भरत खतिवडाको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिका संयोजक पर्शुराम चेम्जोङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बुद्धशान्ति वडा न:६ का वडाध्यक्ष शिवराज पौडेललगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन बुद्धशान्ति गाउँपालिका खेलकुद बिकास समितिका गोकुल पौडेलले गरेका थिए ।




















