बिर्तामोड।  झापाको बुद्धशान्तिमा जारी तेस्रो बुद्धशान्ति गाउँपालिका बडास्तरीय नकआउट फुटबल प्रतियोगितामा
 वडा न १ बिजयी हुँदै फाइनलमा प्रवेश गरेको छ।
   बुद्धशान्ति गाउँपालिका वडा नं २ खेलकुद बिकास समितिको आयोजना तथा नवज्योति युवा क्लब बुद्धशान्ति २ को सहआयोजनामा जयपुरस्थित आदर्श माविको खेलमैदानमा वडा न १  र वडा न ४  बीच भएको  पहिलो सेमिफाइनल खेलमा वडा न १ ले वडा न ४  लाई १ गोल गर्दै बिजयी भएको हो ।
  वडा न १ को तर्फबाट निर्णायक गोल सुरज राईले  गरेका थिए भने वडा न ४  ले भने कुनै गोल गर्न सकेन। प्रतियोगितामा  वडा न १ लाई जित दिलाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका वडा न १ का गोलकिपर विवेक  मगर  खेलको म्यान अफ द म्याच घोषित भएको बुद्धशान्ति गाउँपालिका  खेलकुद बिकास समितिका गोकुल पौडेलले जानकारी  दिए ।

 बुद्धशान्ति गाउँपालिकाको प्रायोजन र बुद्धशान्ति गाउँपालिका  खेलकुद बिकास समितिको समन्वयमा भइरहेको तेस्रो बुद्धशान्ति गाउँपालिका बडास्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत प्रतियोगिताको माघ १५ गते दोश्रो सेमिफाइनल खेल वडा न २ र ३  बिच हुने   सहआयोजक नवज्योति युवा क्लब बुद्धशान्ति २ का अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए। 

आगामी माघ १७ सम्म सञ्चालन हुने प्रतियोगिताको बिजेतालाई नगद ५० हजार शिल्ड र प्रमाणपत्र तथा उपबिजेतालाई नगद २५ हजार शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजक वडा नं २ का टीम म्यानेजर सेमन्त पोखरेलले जानकारी दिए।
  बुद्धशान्ति -२ खेलकुद विकास समितिका संयोजक भरत खतिवडाको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिकाका  उपाध्यक्ष भवानी प्रसाद खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिका संयोजक पर्शुराम चेम्जोङ,  कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा न१ का वडाध्यक्ष अनिल वाग्लेलगायतको आतिथ्य रहेको थियो।
  कार्यक्रमको संचालन बुद्धशान्ति गाउँपालिका  खेलकुद बिकास समितिका गोकुल पौडेलले गरेका थिए  ।