बिर्तामोड। झापाको बुद्धशान्तिमा जारी तेस्रो बुद्धशान्ति गाउँपालिका बडास्तरीय नकआउट फुटबल प्रतियोगितामा
 वडा न ३  बिजयी हुँदै फाइनलमा प्रवेश गरेको छ।
   बुद्धशान्ति गाउँपालिका वडा नं २ खेलकुद बिकास समितिको आयोजना तथा नवज्योति युवा क्लब बुद्धशान्ति २ को सहआयोजनामा जयपुरस्थित आदर्श माविको खेलमैदानमा वडा न २  र वडा न ३  बीच भएको दोश्रो  सेमिफाइनल खेलमा वडा न ३ ले वडा न २  लाई ट्राईबेकरमा  पराजीत गर्दै बिजयी भएको हो ।
वडा न २  र वडा न ३  बीच भएको खेलमा  वडा न:३  का लागि पुजन नेम्बाङ र वडा न:२ का लागि समिर धिमालले १-१ गोल गरेका थिए।

निर्धारित समयमा  खेल १-१ को बराबरीमा सकिए पछि  ट्राइब्रेकरमा वडा न:३ ले संघर्षपुर्ण तरिकाले वडा न:२ माथी बिजय प्राप्त गरेको सहआयोजक नवज्योति युवा क्लब बुद्धशान्ति २ का अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए। 
  खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा न: २ का समीर धिमाल खेलको म्यान अफ द म्याच घोषित भएको बुद्धशान्ति गाउँपालिका  खेलकुद बिकास समितिका गोकुल पौडेलले जानकारी  दिए ।

 बुद्धशान्ति गाउँपालिकाको प्रायोजन र बुद्धशान्ति गाउँपालिका  खेलकुद बिकास समितिको समन्वयमा भइरहेको तेस्रो बुद्धशान्ति गाउँपालिका बडास्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत प्रतियोगिताको फाइनल आगामी माघ १७  गते  वडा न १  र वडा न  ३  बिच हुने   सहआयोजक नवज्योति युवा क्लब बुद्धशान्ति २ का अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए। 

प्रतियोगिताको बिजेतालाई नगद ५० हजार शिल्ड र प्रमाणपत्र तथा उपबिजेतालाई नगद २५ हजार शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजक वडा नं २ का टीम म्यानेजर सेमन्त पोखरेलले जानकारी दिए।
बुद्धशान्ति -२ खेलकुद विकास समितिका संयोजक भरत खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिका संयोजक पर्शुराम चेम्जोङ, बुद्धशान्ति गाउँपालिका वडा न१ का वडाध्यक्ष अनिल वाग्लेलगायतको आतिथ्य रहेको थियो।
  कार्यक्रमको संचालन बुद्धशान्ति गाउँपालिका  खेलकुद बिकास समितिका गोकुल पौडेलले गरेका थिए।